यूहन्ना 7:47

अनलक शाब्दिक बाइबल

त्यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 7:12 : 12 त्यहाँ भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भिडहरूलाई बहकाउँछ ।”
  • यूह 9:27-34 : 27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्‍नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त? 28 तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौँ । 29 हामी जान्दछौँ, कि परमेश्‍वर मोशासँग बोल्नुभयो, तर यो मानिस कहाँबाट आएको हो, हामी जान्दैनौँ ।” 30 त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “उहाँले मेरा आँखा खोलिदिनुभो, तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न, यो त अचम्म भो! 31 हामी जान्दछौँ, कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न, तर यदि कोही भक्‍त हो, र उहाँको इच्छा पुरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ । 32 संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन । 33 यदि यो मानिस परमेश्‍वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्‍नुहुन्‍नथ्यो ।” 34 तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस्?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।
  • २ कोरि 6:8 : 8 हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्दछौँ । हामीलाई ठगाहा छौँ भन्‍ने आरोप लगाइन्छ, तथापि हामी साँचा छौँ ।
  • २ राजा 18:29 : 29 राजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्‍ने छैनन् ।
  • २ राजा 18:32 : 32 अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, भद्राक्षका रुखहरू र मह भएको देश अर्थात् तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसो गर्नेछौ, ताकि तिमीहरू बाँच्‍नेछौ र मर्नेछैनौ ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई फकाउन खोज्दा कुरा उसको नसुन ।
  • २ इति 32:15 : 15 अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न र तिमीहरूलाई मनाउन नदेओ । तिमीहरू तिनीमाथि विश्‍वास नगर, किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन । तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् र?”
  • मत्त 27:63 : 63 तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तिन दिनपछि म फेरि उठ्नेछु ।’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 48के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्‍वास गरेका छन्?

  • 40उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौँ त?”

  • यूह 7:45-46
    2 पदहरू
    73%

    45त्यसपछि अधिकारीहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”

    46अधिकारीहरूले जवाफ दिए, “कोही मानिसले पनि कहिल्यै यसरी बोलेको छैन ।”

  • 32भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पुजारी र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।

  • 47त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिह्न‍हरू गर्छन् ।

  • 19यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्यसको पछि लागेको छ ।”

  • 15त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्‍नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्‍ने बारेमा योजना बनाए ।

  • 41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।

  • 12त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ?”

  • 45जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँका दृष्‍टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे ।

  • 13फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।”

  • 1¶ यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए ।

  • 4येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस् ।”

  • 5येशूले तिनीहरूलाई भन्‍न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।”

  • 34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”

  • 20भिडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ?”

  • 57अहिले मुख्य पुजारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी जान्दथ्यो भने, त्यसले त्यो भन्‍नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।

  • 13अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए ।

  • 14अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।

  • 1¶ प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन्?”

  • यूह 8:47-48
    2 पदहरू
    67%

    47जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”

    48यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र?”

  • मत्त 16:11-12
    2 पदहरू
    67%

    11मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”

    12त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।

  • 31येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ?

  • 34तर फरिसीहरूले यसो भनिरहेका थिए, “यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ ।”

  • 34तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।

  • 39तर प्रभुले तिनीहरूलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ ।

  • 42तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।

  • 53येशू त्यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे ।

  • 38त्यसपछि केही शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ ।”

  • 31तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्‍नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्‍वास गर्दैनौ?’

  • 24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”

  • 52तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।

  • 5उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’

  • 25यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?

  • 1¶ त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,

  • 11तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।

  • लू 7:30-31
    2 पदहरू
    67%

    30तर फरिसीहरू र यहूदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्‍तिस्‍मा लिएका थिएनन्, तिनीहरू आफैँले आफ्ना निम्ति परमेश्‍वरको बुद्धिलाई इन्कार गरे ।

    31यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्?

  • 50निकोदेमस (पहिला नै येशूकहाँ आउने एक जना फरिसी) ले तिनीहरूलाई भने,

  • 45अनि केही यहूदी व्यवस्थाका शिक्षकहरूले जवाफ दिँदै भने, “गुरु, तपाईं हामीलाई किन अपमान गर्नुहुन्छ ।”

  • 12त्यहाँ भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भिडहरूलाई बहकाउँछ ।”

  • 5फरिसी र शास्‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”

  • 7अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”

  • 16येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ?

  • 17त्यसैले, हामीलाई भन्‍नुहोस्, कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”

  • 39त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस् ।”

  • 3उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?”