लैव्यव्यवस्था 23:38

अनलक शाब्दिक बाइबल

परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 29:39 : 39 यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्‍नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।”
  • व्यव 12:6 : 6 त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ ।
  • १ इति 29:3-8 : 3 अब, मेरा परमेश्‍वरको मन्‍दिरमा मेरो आनन्दको कारणले यसको निम्‍ति आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी म दिंदैछु । यस पवित्र मन्‍दिरको निम्‍ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः 4 ओपिरको सुन तिन हजार तोडा र भित्तामा जलप लागाउनका निम्ति सात हजार तोडा निखुर चाँदी म दिंदैछु । 5 सुनबाट बनाउने कुराहरूका निम्‍ति सुन र चाँदीबाट बनाउने कुराहरूका निम्‍ति चाँदी, र अनि निपुण कारीगरले गर्ने कामलाई चाहिने सबै किसिमका कुराहरू म दिंदैछु । आज परमप्रभुलाई योगदान गर्न र आफैलाई उहाँमा अर्पण गर्न इच्‍छा गर्ने अरू कोही छ?” 6 तब आफ्ना पुर्खाहरूका परिवारका अगुवाहरू, इस्राएलका कुलहरूका अगुवाहरू, हजार र सयका कमाण्‍डरहरू र राजाका सेवाको जिम्‍मामा रहेका अधिकारीहरूले स्‍वइच्‍छा भेटी चढाए । 7 तिनीहरूले परमेश्‍वरको मन्‍दिरको सेवाको निम्ति पाँच हजार तोडा र असी किलोग्राम सुन, दस हजार तोडा चाँदी, अठार हजार तोडा काँसो र एक लाख तोडा फलाम दिए । 8 बहुमूल्‍या रत्‍नहरू आफूसँग भएकाहरूले ती गेर्शोनका सन्‍तान यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए ।
  • २ इति 35:7-8 : 7 योशियाहले निस्तार-चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा र पाठा दिए । तिनले तीन हजार साँढे पनि दिए । यी सबै राजाका सम्पतिबाट दिइएका दिए । 8 मानिसहरू, पुजारीहरू र लेवीहरूका निम्ति तिनका अगुवाहरूले राजीखुशी दान दिए । परमप्रभुको मन्दिरका आधिकारिक प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई निस्तार-चाडको निम्ति दुई हजार छ सय ससाना पशु र तीन सय साँढे दिए ।
  • एज्रा 2:68-69 : 68 जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए । 69 तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू ।
  • उत्प 2:2-3 : 2 सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो । 3 परमेश्‍वरले सातौँ दिनलाई आशिष्‍्‍ दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।
  • निर्ग 20:8-9 : 8 मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू । 9 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ । 10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् । 11 किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
  • लैव्य 19:3 : 3 हरेकले आफ्ना आमा र बुबालाई आदर गर्नू, र मेरो शबाथ पालन गर्नू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
  • लैव्य 23:3 : 3 तिमीहरू छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ अर्थात् पवित्र सभा हो । तिमीहरू बसोबास गर्ने कुनै पनि ठाउँमा काम नगर्नू किनभने त्यो परमप्रभुको निम्ति शबाथ हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 29:37-39
    3 पदहरू
    85%

    37तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

    38तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ ।

    39यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्‍नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।”

  • लैव्य 23:36-37
    2 पदहरू
    80%

    36सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।

    37यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्‍नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ ।

  • 10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌मुताबिक तिमीहरूले दिने स्वैच्छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि साताहरूको चाड मान्‍नू ।

  • 6त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ ।

  • 3तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।

  • 5यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।

  • 31र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो ।

  • 29तिमीहरूले परमप्रभुलाई धन्यवादको बलि अर्पण गर्दा तिमीहरूले त्यो स्वीकारयोग्‍य तरिकामा बलि गर्नू ।

  • गिन 28:9-10
    2 पदहरू
    75%

    9शबाथको दिन तिमीहरूले निष्खोट एक वर्षे दुईवटा थुमा, तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ र यससँग अर्घबलि चढाउनुपर्छ ।

    10यो नियमित होमबलि र यससँगको अन्‍नबलिको अतिरिक्‍त हरेक शबाथको निम्ति होमबलि हुनुपर्छ ।

  • गिन 28:23-26
    4 पदहरू
    75%

    23तिमीहरूले यिनीहरूलाई हरेक बिहान आवश्यक पर्ने होमबलिको अतिरिक्‍त चढाउनुपर्छ ।

    24यहाँ उल्लेख गरिएझैँ तिमीहरूले यी दैनिक बलिदानहरू निस्‍तार-चाडको सात दिनसम्म परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको भोजन चढाउनुपर्छ । यो नियमित होमबलि र योसँग चढाइने अर्घबलि अतिरिक्‍त चढाउनुपर्छ ।

    25तिमीहरूले सातौँ दिनमा परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।

    26अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्‍नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।

  • 17तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल, गाईवस्तु वा भेडा-बाख्राका पहिले जन्मेकाहरूको दशांश तिमीहरूले सहरहरूभित्र खानुहुँदैन । तिमीहरूले गर्ने भाकलसँगै चढाउने कुनै पनि बलिदानको मासु नखाओ न त स्वैच्छिक भेटी वा तिमीहरूका हातले चढाउने भेटीबाट खाओ ।

  • 39छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ ।

  • लैव्य 23:2-4
    3 पदहरू
    74%

    2“इस्राएलका मानिसहरूलाई भन्, ‘परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू । यी मेरा नियमित चाडहरू हुन् ।

    3तिमीहरू छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ अर्थात् पवित्र सभा हो । तिमीहरू बसोबास गर्ने कुनै पनि ठाउँमा काम नगर्नू किनभने त्यो परमप्रभुको निम्ति शबाथ हो ।

    4परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, पवित्र सभाहरू जसलाई तिमीहरूले तिनीहरूका तोकिएका समयमा घोषणा गर्नू ।

  • 23अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्‍छा भेटीस्वरूप अर्पण गर्न सक्छौ, तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन ।

  • लैव्य 23:25-26
    2 पदहरू
    74%

    25तिमीहरूले आफ्ना दैनिक काम नगर्नू, र तिमीहरूले परमप्रभुका निम्ति आगोद्वारा बलि अर्पण गर्नू’ ।”

    26अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 6यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्‍त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्‍नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्‍नबलि र यसको अर्घबलिको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्‍नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ ।

  • 29तिमीहरूले प्राप्‍त गरेका सबै उपहारबाट तिमीहरूले परमप्रभुलाई हरेक हिस्सा दिनुपर्छ । यो तिमीहरूलाई दिइएको उत्तम र अति पवित्र थोकहरूबाट दिनुपर्छ ।'

  • लैव्य 23:8-9
    2 पदहरू
    74%

    8तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति भोजनको भेटी अर्पण गर्ने छौ । सातौँ दिनचाहिँ परमप्रभुको निम्ति अलग गरिएको सभाको दिन हो, र त्यस दिन तिमीहरूले आफ्ना कुनै पनि दैनिक काम नगर्नू’ ।”

    9परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,

  • 5तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर ।

  • 31जब तिमीहरूले तिनीहरूका अर्घबलिसँगै ती निष्खोट पशुहरू बलि चढाउँछौ, यो नियमित होमबलि र अन्‍नबलिको अतिरिक्‍त हुनुपर्छ ।

  • 26तर तिमीहरूसित भएका थोकहरू र भाकलका भेटीहरू जुन परमप्रभुका हुन्, ती लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जाओ ।

  • 23परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले भाकल गरेअनुसार वा तिमीहरूका मुखले स्वैच्छापूर्वक प्रतिज्ञा गरेअनुसार तिमीहरूका मुखबाट निस्केको कुरा पुरा गर्नुपर्छ ।

  • 16तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ ।

  • 13दिन-दिनको सूचीअनुसार तिनले बलिदानहरू चढाए । मोशाको आज्ञामा भएका निर्देशनबमोजिम तिनले शबाथ दिन, औंसी र वर्षेनी तिन पल्‍ट चढाउने चाडहरूः अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडमा तोकिएबमिजिम तिनले चढाए ।

  • 18रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।

  • 38जुन परमप्रभुले सीनैको मरुभूमिमा इस्राएलका मानिसहरूलाई आफ्ना बलिदानहरू परमप्रभुलाई अर्पण गर्नू भनी आज्ञा दिनुभएको दिनमा सीनै पर्वतमा मोशालाई आज्ञा गर्नुभयो’ ।”

  • 35आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्‍नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन ।

  • लैव्य 23:14-15
    2 पदहरू
    71%

    14यो बलि तिमीहरूले आफ्नो परमेश्‍वरकहाँ नल्याउने दिनसम्म तिमीहरूले रोटी, भुटेको अन्‍न वा हरियो अनाज केही नखानू । तिमीहरू बसोबास गर्ने हरेक ठाउँमा तिमीहरूका मानिसहरूको सबै वंशमा यो सदाको निम्ति विधि होस् ।

    15शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू ।

  • 18तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 19तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट दुईवटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ ।

  • 22गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्‍नू, र वर्षको अन्त्यमा अन्‍न भित्र्याउने चाड मान्‍नू ।

  • 27तिमीहरूका हिस्सालाई खलाबाट ल्याइएको अन्‍न वा कोलबाट ल्याइएको दाखमद्यको रूपमा लिनुपर्छ ।

  • 8जब तिमीहरूले होमबलि वा भाकल पुरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ,

  • 28तब मैले तिनीहरूलाई भनें, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरको निम्ति स्वेच्छिक भेटी हुन् ।

  • 11अनि जुन ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुन्छ त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा दिने हरेक थोक ल्याओ अर्थात् तिमीहरूका होमबलि, भेटी, दशांश र तिमीहरूका हातका भेटी, परमप्रभुको निम्ति तिमीहरूले चढाउने भाकलका सबै स्वैच्छिक भेटी ल्याओ ।

  • 14मेरो निम्ति चाड मान्‍न हरेक वर्ष तिन पटक यात्रा गर ।

  • 38त्यसपछि तिनीहरूले अहिले निरन्तर मलाई यसो गर्छन्‌: तिनीहरूले मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्छन्, र त्यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन् ।

  • 21त्यही दिन तिमीहरूले घोषणा गर्नू । त्यहाँ पवित्र सभा हुने छ, र तिमीहरूले गर्ने दैनिक काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूको वंशमा यो सदाको निम्ति विधि हुने छ ।