नीतिवचन 28:20
विश्वासयोग्य मानिसले धेरै आशिष्हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।
विश्वासयोग्य मानिसले धेरै आशिष्हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
21पक्षपात गर्नु राम्रो होइन, तरै पनि एक टुक्रा रोटीको लागि मानिसले गलत काम गर्छ ।
22कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।
19आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्नेचाहिँ दरिद्रताले भरिने छ ।
21सुरुमा झट्टै प्राप्त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।
26अन्न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ ।
27परिश्रमसाथ भलाइको खोजी गर्नेले स्नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।
28आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
29आफ्नै घरानामाथि सङ्कष्ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्को नोकर हुने छ ।
4अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ ।
8धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।
27गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ ।
5परिश्रमीका योजनाहरूले केवल उन्नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ ।
7कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्चै धनी हुन्छ ।
8धनी मानिसको जीवनको छुटकारा उसको सम्पत्ति हो, तर गरिब मानिसले धम्की सुन्नुपर्दैन ।
6आफ्ना मार्गहरूमा टेडो हुने धनी मानिसभन्दा आफ्नो निष्ठामा हिँड्ने गरिब मानिस उत्तम हुन्छ ।
16आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्ने छ ।
11बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।
22परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्ट थप्नुहुन्न ।
9अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् ।
10जो अत्यन्तै थोरैमा विश्वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ ।
11त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र?
21यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्वरकहाँ पुग्दैन ।”
4धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।
5के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।
11आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्नेचाहिँ बेसमझको हुन्छ ।
17मोजमज्जालाई प्रेम गर्ने गरिब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुने छैन ।
24जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।
27चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ ।
26दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ ।
25लोभी मानिसले द्वन्द्व निम्त्याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्नति हुने छ ।
7“हेर, यो मानिसले परमेश्वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्ततामा भरोसा गर्यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
11तित्रोले आफूले नपारेको अण्डा ओथ्रने काम गर्छ । कोही मानिस अन्यायपूर्वक धनी बन्न सक्छ, तर त्यसका आधा उमेर सकिन्छन् तब ती धनले त्यसलाई छाड्नेछन्, र अन्त्यमा त्यो मूर्ख हुनेछ ।”
18दुष्ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
10सोझाहरूलाई खराब मार्गमा लैजाने जो कोही पनि आफूले खनेको खाल्डोमा जाकिने छ, तर खोटरहित मानिसले असल पैतृक-सम्पत्ति पाउने छ ।
11धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।
22असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ ।
27अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउने छ ।
1¶ बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्ठामा हिँड्ने गरिब मानिस उत्तम हो ।
10थिचोमिचो वा लुटमा भरोसा नगर । अनि व्यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन् । आफ्नो हृदय तिनमा नलगाओ ।
14सधैँ आदरसाथ जिउने आशिषित् हुने छ, तर आफ्नो हृदयलाई कठोर बनाउनेचाहिँ कष्टमा पर्ने छ ।
29के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।
9उदार दृष्टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ ।
6धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्ट मानिसको कमाइले त्यसलाई कष्ट दिन्छ ।
20सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् ।
22परमेश्वरले आशिष् दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्कृत हुनेछन् ।
5त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन । निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन । यी कुरा गर्नेहरू कहिल्यै डग्नेछैनन् ।
29ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।
4क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
6धैरेले आफू भक्त भएको घोषणा गर्छन्, तर कसले विश्वासयोग्य जन पाउन सक्छ?
14जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।