भजनसंग्रह 74:18
हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10हे परमेश्वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?
21थिचोमिचोमा परेकाहरू लाजमा परेर फर्किने नतुल्याउनुहोस् । गरीब र थिचोमिचोमा परेकाहरूले तपाईंको नाउँको स्तुति गरून् ।
22हे परमेश्वर, उठ्नुहोस् । तपाईंको आफ्नो इज्जतको रक्षा गर्नुहोस् । मूर्खहरूले दिनभरि कसरी तपाईंको अपमान गर्छन् सम्झनुहोस् ।
23तपाईंका वैरीहरूका आवाजहरू वा तपाईंलाई निरन्तर अनादर गर्नेहरूका कोलाहल नबिर्सनुहोस् ।
16हप्काउने र अपमान गर्ने सोरको कारणले, शत्रुहरू र बदला लिनेहरूको कारणले ।
17यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।
50हे परमप्रभु, आफ्नो सेवकप्रति लक्षित गिल्ला र मैले जातिहरूका यति धेरै अपमानहरू म आफ्नो मनमा कसरी सहन्छु सो सम्झनुहोस् ।
51हे परमप्रभु, तपाईंका शत्रहरूले अपमानको ओइरो लगाउँछन् । तिनीहरूले तपाईंको अभिषिक्त जनको पाइलाको गिल्ला गर्छन् ।
20तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।
1¶ हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् ।
19तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस् । थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस् ।
15हे परमप्रभु, तपाईं जान्नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्ति मैले निन्दा भोग्छु भनी जान्नुहोस् ।
12हे परमप्रभु, छिमेकी देशहरूले तपाईंलाई जति अपमान गरेका छन् त्यसको सात गुणा बढी बदला तिनीहरूसँग लिनुहोस् ।
8तर हे परमप्रभु, तपाईं तिनीहरूमाथि हाँस्नुहुन्छ । तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ ।
8मेरा पापहरूबाट मलाई बचाउनुहोस् । मलाई मूर्खहरूको निन्दा नबाउनुहोस् ।
61हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्नुभएको छ ।
16हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।
1¶ हे परमेश्वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ?
2आफ्ना मानिसहरू जसलाई तपाईंले प्राचीन समयमा किन्नुभयो, तपाईंको आफ्नै उत्तराधिकार हुनलाई उद्धार गर्नुभएका कुलहरू र तपाईं वास गर्नुहुने सियोन पर्वतलाई सम्झनुहोस् ।
3आउनुहोस्, शत्रुले पवित्रस्थानमा गरेका सम्पूर्ण भग्नावशेष, सारा सर्वनाशलाई हेर्नुहोस् ।
4तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन् । तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन् ।
17तपाईंले पृथ्वीको सबै सिमाना तोक्नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ ।
21हामीलाई नत्याग्नुहोस् । तपाईंको नाउँको निम्ति तपाईंको महिमित सिंहासनलाई अपमानित नगर्नुहोस् । हामीसित बाँध्नुभएको आफ्नो करार सम्झनुहोस्, र त्यसलाई नतोड्नुहोस् ।
11त्यसले आफ्नो मनमा भन्छ, “परमेश्वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्नुहुन्छ । उहाँले हेर्ने कष्ट गर्नुहुनेछैन ।”
12हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।
13किन दुष्ट मानिसले परमेश्वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्छ, “तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन”?
23तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।
24तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा कष्ट र हाम्रा अत्याचारलाई बिर्सनुहुन्छ?
5हे परमेश्वर, तपाईंले मेरो मूर्खता जान्नुहुन्छ र मेरा पापहरू मबाट लुकेका छैनन् ।
6हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्यस्तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।
23तैंले कसको निन्दा र अपमान गरेको छस्? कसको विरुद्ध तैंले घमण्डमा आफ्ना आँखा उचालेको र आफ्नो सोर उच्च पारेको छस्? इस्राएलको परमपवित्रको विरुद्ध हो ।
3यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्नुहुन्न ।
13तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्की बनाउनुन्छ, हाम्रा वरिपरिकाहरूले गिल्ला र खिसी गरे ।
14तपाईंले हामीलाई जातिहरूका माझमा अपमान, मानिसहरूले घृणाले शिर हल्लाउने बनाउनुहुन्छ ।
2हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्ना शिरहरू उठाएका छन् ।
41त्यो बाटो जाने सबैले त्यसलाई लुटेका छन् । आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको छ ।
8मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् ।
22हे परमेश्वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।
27हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।
19मेरो हप्की, मेरो लाज र मेरो अपमान तपाईंलाई थाहा छ । मेरा वैरीहरू सबै मेरै सामु छन् ।
8ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्नेछौ?
17परमप्रभुले जे गर्ने योजना बनाउनुभयो, त्यही गर्नुभएको छ । उहाँले आफ्नो वचन पुरा गर्नुभएको छ । उहाँले दया नदेखाइकन तँलाई फ्याँकिदिनुभएको छ, किनकि उहाँले तँलाई देखेर तेरो शत्रुलाई रमाउने अनुमति दिनुभएको छ । उहाँले तेरा शत्रुहरूको सिङ उठाउनुभएको छ ।
8ए विद्रोहीहरू, यी कुराहरूका बारेमा विचार गर । तिनलाई कदापि बेवास्त नगर ।
22तैँले कसको गिल्ला गरेको छस् र अपमान गरेको छस्? तैँले कसको विरुद्धमा आफ्नो सोर उच्च पारेको छस् र घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस्? इस्राएलका परमपवित्रको विरुद्धमा हो!
5जातिहरूलाई तपाईंले हप्काउनुभयो । दुष्टहरूलाई तपाईंले नाश गर्नुभएको छ । तिनीहरूका नाउँलाई तपाईंले सदासर्वदाको निम्ति मेटाउनुभएको छ ।
8हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्न छौं ।
20हामीले आफ्नो परमेश्वरको नाउँ बिर्सेका वा हाम्रा हातहरू विदेशी देवताहरूतिर फैलाएका छौं भने,
24उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन् ।
24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्छ, अनि मलाई आफ्नो शत्रुजस्तो व्यवहार किन गर्नुहुन्छ?
13परमप्रभु आफ्ना सृष्टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्यसको कडा क्रोधको त्रासमा निरन्तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?