२ राजा 4:40

अनलक शाब्दिक बाइबल

मानिसहरूले खानलाई तिनीहरूले जाउलो खन्याए । पछि तिनीहरूले खाँदै गर्दा तिनीहरू चिच्‍च्याए र भने, “हे परमेश्‍वरका मानिस, भाँडामा त मृत्यु पो छ ।” त्यसैले तिनीहरूले त्यो फेरि खान सकेनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 10:17 : 17 अब यस पल्ट मेरो पाप क्षमा गरिदेऊ र मबाट यस मृत्युलाई लगियोस् भनी तिमीहरूका परमप्रभु परमेश्‍वरसित बिन्ती चढाइदेओ ।”
  • निर्ग 15:23 : 23 । त्यसपछि तिनीहरू मारा भन्‍ने ठाउँमा आइपुगे, तर त्यहाँको पानी तितो भएकोले तिनीहरूले पिउन सकेनन् । त्यसैले तिनीहरूले त्यस ठाउँको नाउँ मारा राखे ।
  • व्यव 33:1 : 1 ¶ यो आफ्नो मृत्युअगि परमेश्‍वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो ।
  • १ राजा 17:18 : 18 त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो?”
  • २ राजा 1:9 : 9 तब राजाले पचास जना सिपाहीसँगै एक जना कप्‍तानलाई एलियाकहाँ पठाए । कप्‍तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए । कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका मानिस, राजाले भन्‍नुभएको छ, 'तल आउनुहोस्' ।”
  • २ राजा 1:11 : 11 फेरि राजा अहज्याहले अर्का कप्‍तानलाई पचास जना सिपाहीसहित एलियाकहाँ पठाए । यी कप्‍तानले पनि एलियालाई भने, “हे परमेश्‍वरका मानिस, राजा भन्‍नुहुन्छ, 'झट्टै तल आउनुहोस्' ।”
  • २ राजा 1:13 : 13 तथापि राजाले पचास जना योद्धाको तेस्रो समूह पठाए । यो कप्‍तान माथि उक्‍ले, एलियाको सामु आफ्‍ना घुँडा टेके र तिनले विनम्रतापूर्वक बिन्ती गरेर भने, “हे परमेश्‍वरका मानिस, म तपाईंसँग बिन्‍ति गर्छु, कि मेरो जीवन र तपाईंका यी पचास जना दासका जीवन तपाईंको दृष्‍टिमा मूल्यवान् होऊन् ।
  • २ राजा 4:9 : 9 ती स्‍त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्‍वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्‍छन् ।
  • मर 16:18 : 18 तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् र तिनीहरू निको हुनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 4:41-44
    4 पदहरू
    88%

    41तर एलीशाले भने, “केही पिठो ल्याऊ ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्‍यो खानसकून् ।” तब त्‍यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन ।

    42बाल-शलीशाको कोही एक जना मानिस परमेश्‍वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्‍नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । त्यसले भन्यो, “यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून् ।”

    43तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ' ।”

    44त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो ।

  • २ राजा 4:38-39
    2 पदहरू
    81%

    38तब एलीशा फेरि गिलगालमा आए । देशमा अनिकाल परेको थियो अनि अगमवक्ताहरूका छोराहरू तिनका सामु बसिरहेका थिए । तिनले आफ्नो सेवकलाई भने, “आगोमा ठुलो भाँडो बसाल र यी अगमवक्ताहरूका छोराहरूका निम्ति जाउलो पका ।”

    39तिनीहरूमध्‍ये एक जना तरकारी खोज्न बारीमा गयो । त्यसले जङ्गली दाख भेट्टायो, र त्यसले जङ्गली लौका आफ्नो पोल्टाभरि जम्मा गर्‍यो । तिनीहरूले ती काटे र जाउलोमा हाले, तर ती कस्‍ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन ।

  • १ राजा 13:19-22
    4 पदहरू
    72%

    19त्यसैले परमेश्वरका जन ती वृद्ध अगमवक्तासँगै फर्केर गए, र तिनको घरमा रोटी खानुका साथै पानी पिए ।

    20तिनीहरू टेबुलमा बस्दै गर्दा परमप्रभुको वचन तिनलाई फर्काएर ल्याउने अगमवक्ताकहाँ आयो, र

    21तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी

    22फर्केर आई यस ठाउँमा रोटी खाएकोले र पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन किनकि तैँले परमप्रभुले मनाही गर्नुभएको ठाउँमा रोटी खाइस् र पानी पिइस्' ।”

  • १ राजा 17:11-13
    3 पदहरू
    69%

    11उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।”

    12उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ । हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु ।”

    13एलियाले उनलाई भने, “नडराऊ । गएर मैले भनेझैँ गर, तर पहिले मेरो निम्ति सानो रोटी बनाएर ल्याऊ । त्यसपछि तिमी र तिम्रो छोरोको निम्ती केही रोटी बनाऊ ।

  • 3इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्‍जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।”

  • २ राजा 7:17-20
    4 पदहरू
    69%

    17जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजाले परमेश्‍वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्‍तै तिनको मृत्‍यु भयो ।

    18त्‍यसैले त्‍यस्‍तै भयो जास्‍तो परमेश्‍वरका मानिसले राजालाई यसो भनेका थिए, “यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ ।”

    19ती अधिकारीले परमेश्‍वरका मानिसलाई जवाफ दिएका थिए, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिएका थिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”

    20तिनलाई ठिक त्यस्तै हुन आयो, किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे र तिनी मरे ।

  • २ राजा 6:28-29
    2 पदहरू
    69%

    28राजाले निरन्‍रतर बोले, “तिमीलाई के कुराले कष्‍ट दिंदैछ?” त्यसले जवाफ दिई, “यो स्‍त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’

    29त्यसैले हामीले मेरो छोरोलाई उसिन्‍यौं र त्‍यसलाई खायौँ, अनि अर्को दिन मैले त्यसलाई भनेँ, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी खाऊँ,’ तर त्यसले आफ्नो छोरो लुकाएकी छे ।”

  • 18तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे ।

  • २ राजा 7:2-4
    3 पदहरू
    68%

    2तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”

    3मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए । तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने?

    4हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं । हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ । अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ । तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ ।”

  • २ राजा 4:1-2
    2 पदहरू
    68%

    1¶ अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।”

    2त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं? घरमा तिमीसँग के छ मलाई भन ।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन ।”

  • यहे 4:12-13
    2 पदहरू
    68%

    12जौका केकजस्‍तै बनाएर तैंले खानेछस्, तर तैंले मानिसहरूकै आँखाको सामुन्‍ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्‍यो पकाउनेछस् ।”

    13किनकि परमप्रभु भन्‍नुहुन्छ, “यसको अर्थ यही हो कि इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बिचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन्‌ ।”

  • 3यस विद्रोही घरानाको विरुद्धमा यो उपदेश, यो दृष्‍टान्त तिनीहरू भन्‌। तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पकाउने भाँडो राख् । त्‍यसलाई राख्, र त्‍यसमा पानी हाल्‌ ।

  • 21त्यसैले एलीशा एलियाबाट गए, र एक हल गोरु लिए । तिनले हलोका काठहरू जलाएर मासु पकाए । तिनले त्यो मानिसहरूलाई दिए, र तिनले पनि खाए । तब तिनी उठेर एलियाको पछि लागे, र तिनको सेवा गरे ।

  • 23तर शाऊलले इन्कार गरे र भने, “मैले खाने छैन ।” तर ती स्‍त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे ।

  • १ राजा 17:16-17
    2 पदहरू
    67%

    16परमप्रभुले एलियाद्वारा बोल्नुभएको वचनले भनेझैँ पिठोको भाँडो रित्तो भएन, न त ढुङ्ग्रोबाट तेल आउन रोकियो ।

    17यी कुरापछि ती स्त्री अर्थात् त्यस घरको मालिक्नीको छोरो बिरामी पर्‍यो । त्यसको रोग यति गम्भीर थियो कि त्यसले सास फेर्नै छोड्यो ।

  • 28तर त्यो उमाल्‍न प्रयोग गरिएको माटोको भाँडालाई भने फुटाउनू । यदि त्यो काँसाको भाँडामा उमालिएको भए, त्यसलाई माँझेर सफा पानीले धुनू ।

  • 15यसैले उहाँले मलाई भन्‍नुभयो, “हेर, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु, यसैले तैंले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस् ।

  • 6तिनीहरूले तिनलाई भने, “एक जना मानिस हामीलाई भेट्न आए जसले हामीलाई भने, 'तिमीहरूलाई पठाउने राजाकहाँ फर्के जाऊ र तिनलाई भन, “परमप्रभु यसो भन्‍नुहुन्छः 'के इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ? त्यसकारण तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्‍चय नै मर्नेछस्' ।”

  • 15तब ती वृद्ध अगमवक्ताले तिनलाई भने, “मसितै घरमा आउनुहोस् र खानपान गर्नुहोस् ।”

  • 9किनकि परमप्रभुले आफ्नो वचनद्वारा मलाई आज्ञा दिनुभएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न त पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

  • 17किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

  • १ शमू 2:14-15
    2 पदहरू
    66%

    14उसले ताप्‍के वा कराही वा तसला वा भाँडोमा नै घोच्थ्यो । त्यो त्रिशूलमा आउने सबै पुजारीले आफ्‍नो निम्ति लान्थ्यो । तिनीहरूले शीलोमा आउने सबै इस्राएलीहरूसँग यसै गर्थे ।

    15अझ नराम्रो त, तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो र बलिदान गरिरहेका मानिसलाई भन्थ्यो, “पुजारीको निम्ति पोल्नलाई मासु देऊ, किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्‍न, तर काँचो मात्र लिनुहुन्‍छ ।”

  • २ राजा 4:7-8
    2 पदहरू
    66%

    7तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।”

    8एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे ।

  • 28तब मानिसहरूमध्ये एक जनाले भने, “ तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् ।

  • २ राजा 2:20-21
    2 पदहरू
    66%

    20एलीशाले जवाफ दिए, “एउटा नयाँ कचौरा मकहाँ लेओ, र यसभित्र नून हाल ।” त्यसैले तिनीहरूले त्‍यो तिनीकहाँ ल्याए ।

    21एलीशा पानीको मुहानमा गए, र त्यसमा नुन छर्किदिए । तब तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'मैले यो पानीलाई शुद्ध पारेको छु । अब फेरि मृत्यु हुने वा फलविहीन जमिन हुनेछैन' ।”

  • 33मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।

  • 9“हे मेरा मालिक राजा, यी मानिसहरूले यर्मिया अगमवक्तासँग जसरी व्‍यवहार गरे त्‍यो दुष्‍ट काम हो । सहरमा खानलाई अब कुनै कुरा नभएको हुनाले भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हाले ।”

  • 9उनले तावा लिइन् र तिनलाई रोटी दिइन्, तर तिनले खान इन्कार गरे । त्‍यसपछि अमनोनले त्यहाँ भएका अरूलाई भने, “हरेकलाई बाहिर, मबाट टाढा पठाऊ ।” त्यसैले हरेक व्‍यक्‍ति बाहिर गए ।

  • 20तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो?”