भजनसंग्रह 51:13
तब अपराध गर्नेहरूलाई म तपाईंका मार्गहरू सिकाउनेछु र पापीहरू तपाईंतिर फर्कनेछन् ।
तब अपराध गर्नेहरूलाई म तपाईंका मार्गहरू सिकाउनेछु र पापीहरू तपाईंतिर फर्कनेछन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14हे मेरा उद्धारका परमेश्वर, रक्तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्ति म काराउनेछु ।
15हे परमप्रभु, मेरा ओठहरू खोल्नुहोस्, र मेरो मुखले तपाईंको प्रशंसा गाउनेछ ।
12तपाईंको मुक्तिको आनन्दलाई ममा पुनर्जीवित पार्नुहोस्, र इच्छुक आत्माले मलाई सम्हाल्नुहोस् ।
8परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ ।
19मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले उसलाई फर्काएर ल्याउँछ भने,
20त्यस व्यक्तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्किएको मार्गबाट फर्काउँछ, उसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्नेछ ।
5तब मैले आफ्नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनें, “म आफ्ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु,” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेल
10तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्याओस् ।
11हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्टबाट बाहिर निकाल्नुहोस् ।
1¶ हे परमेश्वर, तपाईंको करारको विश्वस्तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्ख्य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् ।
2मलाई मेरो अधर्मबाट पूर्ण रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस् ।
3किनकि म आफ्ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ ।
4तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।
11हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस् । मेरा शत्रुहरूका कारणले मलाई मैदानको बाटोमा डोर्याउनुहोस् ।
32मैले देख्न नसक्ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्यो काम म फेरि गर्नेछैनँ ।'
18म आफ्नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।
8मलाई तपाईंको आनन्द र खुसी सुन्न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्दित होऊन् ।
9मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।
10हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस् । र मभित्र ठिक आत्मालाई नयाँ तुल्याउनुहोस् ।
5जे ठिक छ त्यो गर्न खुसी हुने, तपाईंका मार्गहरू मनमा याद गर्ने र तिनीहरूलाई पालन गर्नेहरूलाई सहायता गर्न तपाईं आउनुहुन्छ । हामीले पाप गर्दा तपाईं रिसाउनुभयो । तपाईंका मर्गहरूमा हामी सधैं बचाइनेछौं।
24मलाई सिकाउनुहोस्, र म आफू शान्त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्ट पार्नुहोस् ।
3अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।
13तपाईंको दासलाई अहङ्कारका पापहरूबाट बचाउनुहोस्, तिनीहरूले ममाथि राज्य नगरून् । तब म सिद्ध हुनेछु र धेरै अपराधहरूबाट म निर्दोष हुनेछु ।
33हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।
11हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस् । तब तपाईंको सत्यतामा म हिंड्नेछु । तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्याउनुहोस् ।
14जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्दित हुनेछु ।
9मैले परमप्रभुको विरुद्ध पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म मैले उहाँको क्रोध सहनेछु ।
3सयद तिनीहरूले सुन्नेछन्, अनि हरेक मानिस आफ्ना दुष्ट चालहरूबाट फर्कनेछन्, यसरी तिनीहरूका अभ्यासको दुष्टताको कारणले मैले तिनीहरूमाथि ल्याउने योजना गरेको विपत्ति ल्याउनबाट मैले आफ्नो मन म बद्लनेछु ।
4मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”
14मैले पाप गरें भने तपाईंले त्यो ख्याल गर्नुहुन्छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्न ।
23मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।
23मेरो सुधारलाई ध्यान देओ । म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु । म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु ।
4हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् ।
5मलाई तपाईंको सत्यतामा डोर्याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।
2ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्ति सबै जातिहरूमा प्रकट होस् ।
23जब म तपाईंको प्रशंसाका गीतहरू गाउनेछु, तब मेरा ओठहरू आनन्दले कराउनेछन्— मेरो प्राणले पनि जसलाई तपाईंले उद्धार गर्नुभएको छ ।
25अब कृपया मेरो पाप क्षमा गर्नुहोस् र मसँगै फर्कनुहोस् ताकि म परमप्रभुको आराधना गर्न सकूँ ।
27सियोनलाई न्यायले उद्धार गर्नेछ र त्यसमा भएका पश्चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ ।
26तपाईंलाई मैले आफ्ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
8हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।
8तब तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्मबाट म तिनीहरूलाई शुद्ध पार्नेछु । तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्म र तिनीहरूले मेरो विरुद्धमा चालेका सबै विद्रोहलाई म क्षमा दिनेछु ।
1¶ त्यस दिन तिमीहरूले यसो भन्नेछौ, “हे परमप्रभु, म तपाईंलाई धन्यावाद दिनेछु । किनकि तपाईं मसँग रिसाउनु भए तापनि, तपाईंको रिस मरेको छ, र तपाईंले मलाई सान्त्वना दिनुभएको छ ।
7दुष्टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्वरमा जसले उसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ ।
18मैले उसका बाटोहरू देखेको छु, तर म उसलाई निको पार्नेछु । म उसलाई डोर्याउनेछु, र उसको निम्ति शोक गर्नेहरूलाई सान्त्वना र सहानुभूति दिनेछु,
17हे परमेश्वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्मका कामहरू घोषणा गर्नेछु ।
3ओहो, तपाईंको प्रकाश र तपाईंको सत्यता पठाउनुहोस् । तिनीहरूले मलाई डोर्याऊन् । तिनीहरूले मलाई तपाईंको पवित्र पहाड र तपाईंको वासस्थानमा ल्याऊन् ।
11तपाईंको वचन मैले आफ्नो हृदयमा जम्मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।
7तपाईंको करारको विश्वस्ततामा म खुसी र आनन्दित हुनेछु, किनकि तपाईंले मेरो कष्ट देख्नुभयो । मेरो प्राणको कष्ट तपाईंले थाहा पाउनुभयो ।
10तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।
30त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्वरको आराधना गर्न सकूँ ।